काठमाडौं, १८ असोज । कपिलवस्तु र बारामा डुबेर दुई बालकको बिहीबार मृत्यु भएको छ ।
कपिलवस्तु कृष्णनगर नगरपालिका–७ सुक्रामपुरस्थित मामाघरमा बस्दै आएका महाराजगंज नगरपालिका–३ कर्महवाका ७ वर्षीय हिमानस कुर्मीको कुवामा डुबेर मृत्यु भएको हो ।
खेल्ने क्रममा घरमा रहेको पानीको कुवामा डुबेर अशक्त भएका कुर्मीको शिबराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, बारा सवर्ण गाउँपालिका–६ मुसहरना टोलमा बस्ने प्रबेज मियाको १ वर्षीय छोरा अरबे आलमको आफ्नै घरको अगाडीको नहरमा डुबेर मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया