पर्सा, ३ भाद्र । वीरगंज महानगरपालिका–२१ परवानीपुर बस्ने ३५ वर्षीय उमेश प्रसाद महतोको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै खेतमा पानी तान्ने मोटरद्धारा पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका महतोको उपचारका लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया