इलाका प्रहरी कार्यालय कृष्णनगरको कार्य सम्पादन मूल्यांकन

समाचार

8/21/2019

अजय मिश्र, कपिलवस्तु ४ भाद्र । कपिलवस्तुको कृष्णनगर मुख्य व्यापारिक नाका रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले असारदेखि हालसम्म राजस्व संकलन, चेकजाँच, प्रशिक्षण, संचार, अपराध अनुसन्धान र सामुदायिक जनचेतना तर्फ तिब्रता दिएको छ । 

ईलाका प्रहरी कार्यलय कृष्णनगरले उक्त मिती देखि हालसम्म ४५ दिनमा (तेह्र लाख दस हजार तिन सय बत्तिस रुपैयाँको अबैध निकासी पैठारी गर्ने क्रममा सामानहरु पक्राउ गरी कृष्णनगर भन्सार कार्यलय पठाइएको थियो ।

अबैध सर–सामान समात्न ईप्रका.का विभिन्न सुरक्षा गस्तीको टोली, सिभिल चेकजाँच गर्ने क्रममा उक्त सामानहरु बरामद गरिएको ईप्रका.कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिएका हुन् ।

कृष्णनगरका सर्वसाधारण जनताहरुलाई विभिन्न अवैध गतिविधिहरुबाट सचेत र जागरुक बनाउनको लागि कृष्णनगर नगरपालिका, ईलाका प्रहरी कार्यलय कृष्णनगर, पीआरसी नेपाल र आफन्त नेपालको संयुक्त अयोजनामा ईलाकाका विभिन्न १० स्थानमा कार्यक्रम गरी १३६० र १४०० जनालाई लागुऔषध दुव्र्यसनी र मानव बेचबिखन तथा ओसारपसार, बाल बालिकाहरुलाई अभद्र व्यवहार नगरौ, ट्राफिक व्यावस्थापन, बजार व्यवस्थापन तथा सरसफाई व्यवस्थापन कार्यक्रम, शहरी व्यवस्थापन, मानव बेचबिखन नियन्त्रणको लागि २ दिने क्षमता अभिबृद्धि कार्यक्रम समेत गरेर सचेत र जागरुक बनाएका पौडेलले जानकारी दिए ।

ईप्रका कृष्णनगरले अपराध अनुसन्धानको तर्फ उक्त मितीदेखि यस क्रममा विभिन्न किसीमका १९ मुद्दा गरि २४ जना लाई पक्राउ गरिसकेको र ९ जना फरार अभियुक्तको खोजी चलिरहेको पनि ईप्रकाले जनाएको छ । 

नेपाल भारतको सीमा क्षेत्रमा कडा सुरक्षा दिँदै नेपाल भारतको यस वडा एरियामा पर्ने खुल्ला सीमा नाकाहरुमा थप जनशक्तिको परिचालन अबैध हातहतियार तथा लागु औषध नियन्त्रणका लागि बिशेष अप्रेशन संचालन गरेर सबै प्रहरी कर्मचारीहरुलाई अनुसाशित एंव उच्च मनोबलका साथ डिउटी गर्ने बातावरण बनाइएको साथसाथै यस क्षेत्रमा विभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृति समुदायहरुको बसोबास रहेकोले सबै धर्म जातजातिका चाड पर्व तिहारको अवसरमा ईप्रका तथा मातहतका कार्यालयले समेत उचित सुरक्षा व्यवस्था मिलाउने गरेको जानकारी ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ