कैलाली, २८ बैशाख । कैलाली जिल्लाको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका १३ राजपुरस्थित सडकखण्डमा युपी३१पि४ ८१७ नम्बरको ट्रिपरले से.६ प ३२१७ नम्बरको स्कुटरलाई शुक्रबार साँझ ठक्कर दिंदा स्कुटर चालक सोही उपमहानगरपालिका ३ बस्ने २५ वर्षीय टेकु बलायरको घटनास्थलमै मृत्यु भएको छ ।
दुवै सवारी साधन र ट्रिपर चालक भारत लखिमपुर खिरीमैलानी थाना ५ बस्ने २६ वर्षीय रबि शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, लम्की चुहा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा से.२ प ७३०६ नम्बरको मोटरसाइकल शुक्रबार राति अनियन्त्रित भई से.१ त ९८८४ नम्बरको ट्याक्टरमा ठोक्किन जाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दगोरीया गाउँपालिका(४ बस्ने २७ वर्षीय मनोज न्यौपानेको मालिका अस्पताल लम्की हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुवै सवारी साधन नियन्त्रणमा लिई फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया