कैलाली कंचनपुरका हावाहुरी पीडितलाई परिवार दलको साथ

समाचार

6/9/2019

काठमाडौं, २६ जेठ । नेपाल परिवार दलले कैलाली कन्चनपुरका हावाहुरी पिडितलाई तत्काल पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

परिवार दलले भीषण हावाहुरीका कारण मुत्युवरण गर्नेहरुमा भावपूर्ण श्रदाञ्जली दिँदै शोकाकुल परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

साथै दलले भीषण हावाहुरीका कारण पीडित भएका सबैको उद्धार तथा उचित व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गरेको छ । दलले आफ्ना स्थानीय कार्यकर्ताहरुलाई उद्धारमा खट्न पनि अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ