रुपन्देही, ८ कार्तिक । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले कृषिमा लगानी गर्नसके आर्थिकस्तर सुदृढ हुनसक्ने बताएका छन् ।
उनले कृषि क्षेत्रमा लगानी वृद्धि गरेर कृषिको आधुनिकीकरण, व्यापारीकरण र बजारीकरण गर्नसके आर्थिक विकास सम्भव हुने बताए ।
सैनामैना व्यापार सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेल सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री पोखरेलले व्यापार व्यवसायबाट आएको मुनाफालाई कृषि क्षेत्रमा लगानी गर्नसके समाजको आर्थिकस्तर सुदृढ हुनेसमेत बताए ।
मुख्यमन्त्री पोखरेलले देश एकात्मक राज्य व्यवस्थाबाट सङ्घीय व्यवस्थामा जाँदा थुप्रै चुनौतीको सामना गर्नुपरेको भन्दै प्रदेश सरकार जनताको जीवनस्तर सुदृढ गर्ने लक्ष्यका साथ अघि बढेको बताए ।
तपाईको प्रतिक्रिया