खिचरा महोत्सव सुरु

समाचार

1/13/2019

चितवन, २८ पुस । छैठौं खिचरा महोत्सव सुरु भको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सो महोत्सवको उद्घाटन गरेका छन् ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ खैरहनीले शनिबारदेखि शुरु गरेको छैठाँै खिचरा महोत्सवको उद्घाटन गर्दै विकासका लागि पक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

कार्यक्रममा प्रदेश नं ३ का भूमि व्यवस्था तथा कृषिमन्त्री दावा दोर्जे लामाले संस्कार जोगाउँदै संस्कृति संरक्षणको अभियानमा लाग्नुपर्ने बताए ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, थारु अगुवा जोखा चौधरी, थारु कल्याणकारिणीसभाका जिल्ला अध्यक्ष ललितकुमार चौधरी, कृष्णलाल चौधरी, चन्द्रकुमारी चौधरीलगायतले महोत्सवमा शुभकामना दिएका थिए ।

आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारु जातिका कला संस्कृति झल्कनेसहित विभिन्न १२० कक्ष रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ