वीरगंज, २९ भाद्र । मुलुकको ७० औं खुल्ला दिशामुक्त जिल्लाका रुपमा पर्सा जिल्ला पनि घोषणा भएको छ ।
वीरगन्जको नगरसभागृहमा शनिवार जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति पर्साले आयोजना गरेको कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीले पर्सा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका हुन् ।
अभियान थालेको ६ वर्षपछि मात्र पर्सा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
तपाईको प्रतिक्रिया