मणि प्रसाद गैह्रे, कपिलवस्तु, १ असोज । प्रदेश नं ५ मा बाँकी रहेको कपिलवस्तु जिल्लालाई एक समारोहका साथ सदरमुकाम तौलिहवामा दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
कपिलवस्तुको प्रमुख चुनौतीको रुपमा रहेको खुला दिसामुक्त घोषणा गर्ने अभियानले मङ्गलबार सार्थकता पाएको छ । विं.सं. २०६७ सालदेखि जिल्लालाई खुला दिसामुक्त गर्ने अभियान चलाइएपनि अभियानले बल्ल सार्थकता पाएको हो ।
साविक लुम्बनी अञ्चलमा ६ जिल्लामध्ये ५ जिल्ला संघीयता लागु नहुँदै खुला दिसा मुुक्त भएपनि कपिलवस्तु हुन सकेको थिएन । सिंगो लुम्बिनी अञ्चललाई नै खुला दिसामुक्त घोषणा गर्न कपिलवस्तु बाधक बनेको थियो ।
पछि संघीयता लागुसंगै बनेको प्रदेश ५ मा पनि कपिलवस्तु नै बाधक हुनपुग्यो । बुद्धभूमिका रुपमा संसारले चिन्ने कपिलवस्तु मङ्गलबार खुला दिसामुक्त क्षेत्र भएसंगै अब छिट्टै प्रदेश नै खुला दिसामुक्त भएको छ । सरकारले मुलूकलाई असोज १३ गते खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दै छ । त्यसैको दबाबमा कपिलवस्तु खुला दिसामुक्त भएको सरोकारवालाले टीप्पणी गर्ने गरेका छन् ।
तपाईको प्रतिक्रिया