खुला दिशामुक्त क्षेत्र घोषणा

समाचार

9/19/2019

कपिलवस्तु, ३० भाद्र । कृष्णनगर नगरपालिका एक कार्यक्रमका बीच खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । नगरप्रमुख रजत प्रताप शाहको अध्यक्षता पूर्वकृषि राज्यमन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख अतिथ्यतामा विशेष कार्यक्रम गरि कृष्णनगर नगरपालिकालाई खुला दिशा मुक्त घोषणा गरिएको हो ।

कपिलवस्तु जिल्लालाई नै यही भदौं ३१ गते पुर्ण खुला दिशा मुक्त घोषणा गर्ने लक्ष्य रहेकोले जिल्लाका सम्पुर्ण स्थानिय तह धमाधम खुला दिशा मुक्त घोषणा हुन शुरु भएका छन ।

हालसम्म कृष्णनगर सहित कुल ९ वटा स्थानीय तह खुला दिशा मुक्त भईसकेको र भदौं ३० गते कपिलवस्तु नगरपालिकालाई घोषणा गर्ने कार्यक्रम पछि जिल्ला घोषणा गरिने जिल्ला समन्वय समितिका सभापति नारायण खनालले जानकारी दिनुभयो ।

वडा नम्बर १,४ र १२ लाई समेटेर नगरपालिकालाई खुला दिशा मुक्त गरिएतापनि पुर्ण सरसफाई युक्त बनाउन आफु र सम्पुर्ण नगरपालिका परिवार लागि परेको नगर प्रमुख रजत प्रताप शाहले प्रष्ट पारेका थिए । अब गाउंघरमा छिटपुट छुटेका चर्पी बनाउन र त्यसको प्रयोगमा पनि विशेष ध्यान दिनु आवश्यक रहेको युनिसेफ, सुअहरा लगायतका सहयोगी संस्थाहरुका प्रतिनिधिहरुले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ