बाँके, २९ भाद्र । नेपालगन्जमा उर्दू साहित्यकारद्वारा गजल गजल गोष्ठी गरिएको छ । गुल्जारे अदब बाँकेको आयोजनामा नेपालगन्जको महेन्द्र पुस्तकालय शनिबार गजल गोष्ठीको आयोजनामा अवधी, नेपाली र उर्दू साहित्यकारद्वारा गजल प्रस्तुत गरिएको थियो ।
प्रगतिशील लेखक संघ बाँकेका अध्यक्ष पंकज कुमार श्रेष्ठको अध्यक्षतामा, वरिष्ठ साहित्यकार तथा अवधी साँस्कृतिक बिकास परिषदका अध्यक्ष सच्चिदानन्द चौबेको प्रमुख आतिथ्यमा सम्पन्न भएको गजल गोष्ठीमा कार्यक्रमको संचालन सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी गरेका थिए ।
यसरी गुल्जारे अदबका अध्यक्ष तथा वरिष्ठ उर्दू साहित्यकार हाजी अब्दुल लतीफ शौक, साँस्कृतिक बिकास परिषदका अध्यक्ष सच्चिदानन्द चौबे, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, वरिष्ठ चित्रकार तथा कलाकार श्यामानन्द सिंह, जमील हाशमी, यूसुफ आरफी, नूरुल हसन राई लगायतले “अगर तेरी फिक्रों में रिफअत नही है” मिश्ररामा आ–आफ्ना शैर, गजल वाचन गरेका थिए । यसरी हरेक महिनाको अन्तिम शनिवारका दिन यसरी गजल गोष्ठीको आयोजना गर्ने गर्दछन् ।
तपाईको प्रतिक्रिया