गैरआवासीय मधेशी संघले विश्वका विभिन्न देशहरुमा छठ पर्व मनायो

समाचार

11/14/2018

काठमाडौं, २८ कार्तिक । विश्वको विभिन्न भागमा रहेका मधेशीहरुले मधेशको महान पर्व छठ धुमधामका साथ मनाएका छन् ।

विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ (एनआरएमए) ले अमेरिका, कतार, साउदी, दुबईलगायतका देशहरुमा छठ पर्व मनाएको हो ।

कतारको दोहामा १३–१४ नोभेम्बर २०१८ को दिन अल वाकरा फैमिली समुद्र तटमा र विश्वभरीमा मधेशीहरुले उत्साह पूर्वक छठ पर्व मनाएका छन् ।

कतारमा भएको छठमा मधेशीहरुको उल्लेख्य रुपमा सहभागिता रहेको कतारको प्रवक्ता चंद्रबिर कुमार यादवले जानकारी गराए । कतारको दोहामा विशेष कार्यक्रम गरी एनआरएमएले छठ मनाएको छ भने अमेरिकामा पनि विशेष समारोहको आयोजना गरिएको थियो ।

त्यस्तै साउदीमा रहेका एनआरएमएका सदस्यहरुले पनि छठ मनाएका छन् भने दुबईमा पनि छठ मनाइएको छ । त्यसैगरि विश्वभरी रहेका एनआरएमएका साखा स्पेन, कुवैत, भारत, सऊदी अरबिया, सायप्रस,चीन, मलेशिया, स्वीडन, ओमान, दक्षिण कोरिया, अस्ट्रेलिया, संयुक्त अधिराज्य र सिंगापुरको सदस्यहरुले पनि छठ मनाएका छन् ।

एनआएएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुशवाहाका अनुसार छठले मधेशका संस्कृतिलाई विश्वभरी जगेर्ना गर्न तथा मधेशीहरुबीचको एकतालाई सुदृढ पार्न छठ पर्व आयोजना गरिएको थियो ।

जसअनुरुप कार्यक्रमहरु सफल भएकोमा कुशवाहाले खुशी व्यक्त गरे र उनले छठलाई प्रोत्साहन गरेकोमा सम्पूर्ण शाखा तथा सदस्यहरुलाई धन्यवाद ज्ञापनसमेत गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ