वीरगंज, २३ पुस । बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै डिश होम केन्द्रद्वारा गरीब र असहाय विद्यार्थीहरुलाई शैक्षिक समग्री वितरण गरिएको छ ।
पर्साको पोखरिया नगरपालिका वार्ड नम्बर ४ स्थित रहेको श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १५० जना बालबालिकाहरुलाई शैक्षिक सामग्रीसहितको झोला तथा न्यानो टोपी वितरण गरिएको हो ।
डिश होम केन्द«ले तराईको प्रदेश नम्बर २ मा रहेको सबै जिल्लाहरुमा शैक्षिक सामग्रीसहितको झोला तथा न्यानो टोपी वितरण गरिने कार्यक्रम राखेको छ ।
पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियार, उपमेयर सलमा खातुन र डिश होमका ब्राण्ड मनेजर मनोज न्योपानेले संयुक्त रुपमा शैक्षिक सामग्री सहितको झोला तथा न्यानो टोपी विद्यार्थीहरुलाई वितरण गरेका थिए ।
त्यसैगरी, बाराको कलैयामा रहेको श्री गढीमाई महेन्द« उच्च माध्यमिक विद्यालयमा अध्ययनरत १२५ जना गरिब बालबालिकाहरुलाई शैक्षिक सामग्रीसहितको झोला तथा न्यानो टोपी वितरण भएको जानकारी डिश होमका ब्राण्ड मनेजर मनोज न्योपानेले दिए ।
शैक्षिक सामग्रीसहितको झोला तथा न्यानो टोपी वितरण कार्यक्रममा डिश होम केन्दका डिश होमका ब्राण्ड मनेजर न्योपाने, औफिसर बिमि मास्के, मनोज घिमिरे, पर्सा डिलर प्रमुख विकास अग्रवाल, टेक्नेसियन सुरज श्रेष्ठ, अनिल यादव, नेपाल टेलिभिजनका नेहाल खान, वीरगंज सन्देशका मन्सुर खान, बन्सी रौनियार, रमाशंकर सिंह लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया