रौतहट, १५ असोज । गौर नगरपालिकाले महिलाहरुको पर्व जितियाको अवसरमा मंगलबार सार्वजनिक विदा दिएको छ ।
स्थानीय सरकारको रुपमा रहेको स्थानीय तहले सरकारले गर्नु पर्ने कार्यको अभ्यास गरिरहेको छ ।
स्थानीय तहमा पर्वको समयमा विदा दिन सकिने अधिकार स्थानीय सरकारमा रहेकोले त्यसको प्रयोग गर्न थालिएको हो ।
१८ स्थानीय तह रहेको रौतहटमा गौर नगरपालिकाले मात्र यस्तो अभ्यास गर्न शुरू गरेको हो । बाँकी स्थानीय तह मौन रहेको छ ।
जितिया पर्वको अवसरमा नगरपालिकाको कार्यालय, वडा कार्यालय र मातहतमा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको प्रमुख प्रसाशकीय अधिकृत सुमन कार्कीले बताएका छन् ।
व्यवस्थापिका सांसदको रुपमा परिणत भएको स्थानीय तहले स्थानीय स्तरमा हुने चाडपर्व, उत्सवमा विदा दिन सकिने छन् ।
तपाईको प्रतिक्रिया