गोलबजारमा फेला परेको बम डिस्पोज, स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेट्यो (पर्चासहित)

समाचार

12/23/2018

सिरहा, ८ पुस । सिरहाको गोलबजारमा फेला परेको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

गोलबजार नगरपालिका बडा नं. ४ स्थित नेपाल टेलिकमको टावर नजिक आइतबार विहान फेला परेको बम नेपाली सेनाको श्री नयाँ गोरख गणबाट गएको बम स्पिोजल टोलीले डिस्पोज गरेको छ ।

गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै पश्चिम दक्षिणतर्फ फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ । पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेकोले त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उलेख छ ।

घटनास्थलभन्दा सय मिटरको दूरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेर आवत–जावत बन्द गरेको थियो ।

बम डिस्पोजपछि बाटो सुचारु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ