घरेलु मिनी कटुवा पेस्तोलसहित पक्राउ

समाचार

5/20/2019

रौतहट, ५ जेठ । राजपुर नगरपालिका १ बहुअर्वा बस्ने ५६ वर्षीय अब्दुल्लाह देवानलाई १ थान घरेलु मिनी कटुवा पेस्तोल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

देवानको घरमा अवैध हतियार लुकाईछिपाई राखेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तलासी लिँदा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ