रौतहट, २७ बैशाख । राजपुर नगरपालिका ८ बलुवागोठका राम लोचन रामको माटो र ईट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर भत्किदा एकै परिवारका २ जना घाइते हुनुका साथै १ बालकको मृत्यु भएको छ ।
बिहीबार राति घर भत्कदा ४० बर्षीय राम लोचन राम र उनका श्रीमति ३५ वर्षीया मरछिया देबी घाइते भएका हुन् भने उनका ४ महिनाको छोरा सन्तलाल रामको मृत्यु भएको हो ।
घर भत्कदा पुरिएर घाइते भएका तिनै जनालाई ईलाका प्रहरी कार्यालय राजपुर, रौतहटबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि गौर अस्पतालतर्फ पठाएकोमा बालकको उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया