चारैतिर होलीको माहौल, गाउँदेखि शहरसम्म रंगीचङ्गी

समाचार

3/19/2019

रौतहट, ५ चैत । फागु पूर्णिमाका दिन मनाउने होली पर्व नजिकदै जाँदा तराईमा होलीको रमझम बढ्दै गएका छन् । असत्य माथिको सत्यको जित पछि मनाइने फागु पूर्णिमा होलीको तयारीमा सबै जुटेको हो ।

गाउँ शहर बजारमा होलीको संगीत गीतले वातावरण होलीमय भएको छ । पुरानो परम्परालाई जगेर्ना गर्ने प्रयास भइरहेका छन् । होलिका दहन भन्दा पहिला देखि होली खेलने चलन रहेको छ । पहाड़मा फागु पूर्णिमाका दिन तथा तराईमा चैत्र प्रतिपदाका दिन होली मनाउने गरेका छन् ।

महिला, पुरुष, युवाहरुको समूहमा रातिको समयमा डंफा, झाल बजाउँदै होलीको गीत गाएर रमाउने गरेको देखिएका छन् ।

बाजारमा कपडा पसल, किराना पसलमा होलीको सामान खरीद गर्नेहरुको घुइँचो लागेको छ भने पसलहरु रंगी विरंगी देखिन थालेका छन् ।

सानो बच्चाहरु फिचकारी लिएर र रंग गुलाल उडाउन आतुर भएका छन् । सेतो कुर्ता, गंजी, गमछा, रंग, अवीरको बिक्रीमा वृद्धि भएको छ ।

रौतहटको सदरमुकाम गौर नजिक रहेका भारतीय बाजार बैरगनियामा ग्राहकको भीड बढी देखापर्छ । सीमा नजिक बैरगनिया बाजारमा सस्तो दरमा समानहरु पाउने भएकोले नेपालका स्थानीयहरु सामान खरीद गर्न बढी संख्यामा सो बाजार पुग्ने गरेका छन् ।

नेपाली बाजारमा खरीद गर्नेको संख्या न्यून भएकोले नेपाली व्यापारीलाई समस्या भैरहेको बुझिएको छ । व्यापारी मात्र नभई राजश्वमा यसको प्रभाव परिरहेको छ ।

नेपाल सरकारले नेपाली व्यापारीहरुलाई आपूर्ति सहज नगरेकोले यस्तो अवस्था रहेको व्यापारीहरुको कथन रहेको छ । गाउँघरमा जोगिरा सररररर को गीत गुञ्जायमान भैरहेकोले होलीको रमझम बढेको गौर नगरपालिका वड़ा नम्बर १ वडा अध्यक्ष भरत साहले बताएका छन् ।

आफ्नो वडामा आफु बसेर लोप हुँदै गएको होलीको पुनर्संरक्षण गर्ने प्रयास गरिरहेको उनको भनाइ रहेको छ ।

मुलुक नयाँ संरचनामा गई तीन तहको सरकार भएकोले लोप हुँदै गएको कला सस्कृति भेषभूसालाई संरक्षण गर्नुपर्ने मुख्य दायित्व रहेको छ ।

विकास निर्माणसँगै सामाजिक विकास, आर्थिक उन्नति, औद्योगिक विकास, पर्यटकीय क्षेत्रको विकास गर्न स्थानीय सरकारले बढी जिम्मेवार हुनु पर्ने छ ।

मधेशमा खेलिने होली, विरहा, झिझिया, समाचकेवा, जरजटिन जस्ता लोपोन्मुख संस्कृतिलाई बचाउनु पर्ने जरुरी रहेको छ ।

भाईचारा, स्नेह मिलनको पर्व होलीलाई सभ्य, शान्तपूर्ण वातावरणमा खुशियालीपूर्वक मनाउने वातावरण मिलाउन निर्वाचित जनप्रतिनिधिहरुलाई सक्रिय हुनु जरुरी रहेको छ ।

खुशीको पर्व होली रहेकोले खुल्ला रुपमा विक्री वितरण हुँदै आएका जाँडरक्सीमा नियन्त्रण गर्नुको साथै पर्वको दिन रक्सी सेवन गरेर सवारी साधन चलाउने माथि निगरानी बढाउन स्थानीय प्रसाशनलाई ध्यान दिनु पर्छ ।

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा मानवीय क्षति हुने जोखिम बढी भएकोले दुर्घटना रोक्न पूर्व सतर्कता आवश्यक रहेको छ ।

शहर बजारमा ट्राफिक प्रहरी व्यापक रुपमा परिचालन गर्नु पर्ने देखिएकोले सम्बन्धित निकायले समयमै ध्यान पुर्याएर कार्य गर्नु पर्दछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ