चोरीपैठारीको मोर्टरपार्ट्स बरामद

समाचार

11/6/2019

रुपन्देही, २० कार्तिक । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाट एपीएफ टोलीले करिव १ लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोर्टरपार्ट्स बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोर्टर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद मोर्टर पार्ट्स भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ