दिनेश ठाकुर, नेपालगञ्ज, १९ पुस । नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ४ मा निर्मित चिल्ड्रेन पार्क सञ्चालनमा ल्याइएको छ ।
उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले बुधबार रिवन काटेर पार्कको उद्घाटन गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा वडा नं. ४ स्थित वडा कार्यालय परिसरमै आधुनिक चिल्ड्रेन पार्क बनेको हो ।
२६ लाख ५० हजारको लागतमा निर्मित पार्कको चारैतिर सुन्दर पर्खाल, बीच भागमा पानीको फोहरा, लाइटिङ, झुला लगायत खेल सामाग्री रहेको चिल्ड्रेन पार्क उपभोक्ता समितिका अध्यक्ष मोहम्मद सलीम मुसलमानले बताए ।
उदघाटन समारोहमा बोल्दै नगर प्रमुख रााणाले हरेक वडामा चिल्ड्रेन पार्कको अवधारण अघि सारिएको भन्दै पार्कलाई व्यवस्थित सञ्चालन गर्न सुझाव समेत दिए । यस्तै नगर उपप्रमुख उमा थापा मगरले दीर्घकालीन सोच राखेर वडाले आफ्ना कार्यक्रम र योजना लागू गर्नुपर्ने बताए । कार्यक्रममा पूर्वसांसद भोला सिद्दिकी, नेकपाका बाँके प्रमुख अकल बहादुर बम लगायतले शुभकाना मन्तव्य दिएका थिए ।
तपाईको प्रतिक्रिया