छैठौ प्राचीन कपिलवस्तृु महोत्सवको तयारी तीव्र, देउवाले उद्घाटन गर्ने

समाचार

3/25/2019

कपिलवस्तु, ११ चैत । यही चैत १८ गतेदेखि ३० गतेसम्म कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा सञ्चालन हुन गैरहेको छैठौँ प्राचीन कपिलवस्तु महोत्सवको तयारी ९० प्रतिशत पूरा भएको आयोजकले जनाएको छ ।

उद्योग वाणिज्य संंघको कार्यालय तौलिहवा कपिलवस्तुमा सम्पन्न पत्रकार सम्मेलन मार्फत कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा सहित चैत १८ देखि सञ्चालन हुने महोत्सवको तयारी करिब करिब पूरा भएको आयोजकले जनाएको छ ।

विगतका वर्षहरुभन्दा यस वर्ष धेरै स्टलहरु हालसम्म १ सयभन्दा धेरै स्टलहरु दर्ता भैसकेको र अझ थप दर्ता हुने बताइएको छ ।

यस वर्ष पनि विगतका वर्षहरुमा झैँ डान्स आइडोल, विभिन्न समुदायका कला संस्कृतिको प्रस्तुति कषि सामग्रीहरुको प्रदर्शनी रहने, पशुपति शर्मासहित दर्जनौ ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।

महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको मूल आयोजक समितिका संयोजक गयादिन कुर्मीले बताए ।

सम्भवतः नेपालमै एक मात्र त्यस्तो महोत्सव प्राचीन कपिलवस्तु महोत्सव सञ्चालनको विगत ५ वर्षे अनुभवलाई हेर्दा सधैंका वर्षहरुमा भन्दा महोत्सवलाई नाफामा लैजानका लागि यस वर्ष महोत्सवमा केहि परिवर्तनहरु गर्ने तयारी रहेको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए ।

यस वर्ष महोत्सव साँझ बरु चाँडै सुरु गरेर राती पनि चाँडै सम्पन्न गर्ने, उँटको अवलोकन गर्न सकिने, पहिले भन्दा अत्याधिक संख्यामा स्टलहरु राखिने, पहिले भन्दा व्यवस्थित किसिमले सञ्चालन गर्ने तयारी रहेको कुर्मिले जानकारी दिए ।

प्राचीन कपिलवस्तुको पहिचान र प्रर्वद्धनका लागि यस महोत्सवमा झण्डै कुल १ करोड बढिको कारोबार हुने र विगत ५ वर्षे इतिहासलाई उल्टाउँदै यस वर्ष भने महोत्सव नाफामा जाने अपेक्षा आयोजकले दावी गरेको छ ।

महोत्सवबाट हुने आम्दानीले तौलिहवा लुम्बिनी सडक खण्डमा प्राचिन लुम्बिनि प्रवेशद्धारा बनाउने बताइएको छ । पत्रकार सम्मेलन कार्यक्रम सघंका अध्यक्ष गयाद्धिन कुर्मिको अध्यक्षता, महासचिव अर्जुन चापागाँइको स्वागत महोत्सवका मिडिया संयोजक मणि प्रसाद गैह्रेको सञ्चालन र जिल्लामा क्रियाशिल सञ्चारकर्मिहरुको उपस्थितिमा सम्पन्न भएको थियो । पत्रकार महांसघका जिल्ला सचिव हरी अधिकारीले महोत्सवको प्रचार प्रसारमा पत्रकारले सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ