राजविराज, ७ असोज । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर २ का अध्यक्ष खगेन्द्र मण्डलले जातीय भेदभाव अन्त्य हुने साँस्कृतिक महोत्सव पनि एउटा बाटो रहेको बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँस्थित शनिबार मोहर्रम मुस्लिम युवा समिति, लौनियाद्वारा आयोजना गरिएको मोहर्रम मेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने –कुनै पनि साँस्कृतिक महोत्सवमा हिन्दु, मुस्लिम जस्ता जातीय भेदभाव नहुनु पर्ने र हिन्दुका पर्वमा मुस्लिम र मुस्लिमका पर्वमा हिन्दु सहभागी भई भेदभाव नराखि मनाउन अपिल गरे ।
मोहर्रम मुस्लिम युवा समिति, लौनियाँका अध्यक्ष सफिद मंसुरीको अध्यक्षता तथा तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष खगेन्द्र मण्डलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो ।
एक महिनादेखि कडा अभ्यासका साथ हामी आज मोहरम कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष सफिद मंसुरीले बताए ।
कार्यक्रममा कुस्ती खेलकुद प्रशिक्षक श्यामकुमार मण्डल, उमेश्वर रा. प्रा. वि लौनियाँका प्रधानाध्यापक प्रदिप मण्डल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिवचरण मण्डल, राजपा नेपालका केन्द्रिय सदस्य महेन्द्र खँग, भेटेनरी अधिकृत चन्देश्वर मण्डललगायतले शुभकामना मन्तव्य व्यक्त गरे । यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रममा स्वगत मन्तव्य आयोजक समितिका कोषाध्यक्ष इसाक मंसुरी तथा उद्घोषण श्रीराम मण्डलले गरे । कार्यक्रमका उद्घाटन प्रमुख अतिथि मण्डलद्धारा रिबन काटेर उद्घाटन गरिएको हो ।
कार्यक्रममा खेल सञ्चालन कुस्ती प्रशिक्षक श्यामकुमार मण्डल र सोहि वडाका सदस्य विरेन्द्र कुमार मण्डलले लठ्ठी लडाएर सञ्चालन गरिएको थियो ।
सञ्चालन पश्चात पच्चास जोडी भन्दा बढी खेलाडीहरुले लठ्ठी, फौरसा, भाला र बेली लगायतका सामग्रीले खेल प्रदशन गरिएको थियो । आइतवार पनि कार्यक्रम आयोजना हुने समितिका अध्यक्ष सफिद मंसुरीले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया