राकेश यादव, रौतहट, २८ असोज । गौर नगरपालिकाका प्रवक्ता शेख जमशैदले जनताको चाहना अनुसार नगरपालिकाले कार्य गरिरहेको बताएका छन् ।
गौर नगरपालिकाद्वारा विजयादशमी ,दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान र संचारकर्मी सीतको भेटघाट कार्यक्रममा सम्बोधन गर्दै वड़ा अध्यक्ष समेत रहेका शेख जमशैदले जनप्रतिनिधि बहाल भइसके पछि विकास निर्माणका कार्यहरु अघि बढिरहेको दावी गरे ।
दलीय संयन्त्र रहेको अवस्थामा विकासको रोकिएको गति अहिले निर्वा्चित जनप्रतिनधि आएपछि सुचारु भएको टिपण्णी गरे । उनले गौर नगरपालिकालाइ विकसित नमूना नगरपालिका बनाउने नगर प्रमुख, उपप्रमुख लगायत निर्वाचित वड़ा अध्यक्षहरुको चाहना रहेको बताए ।
कार्यक्रममाँ नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार शैलेन्द्र गुप्ताले नगरपालिकाको विकास जनताले महसूस गर्ने गरी हुनु पर्ने सुझाव दिएका छन् ।
पहिलाको तुलनामा जनप्रतिनधि आएको अवस्थामा भौतिक पूर्वाधार , सामाजिक ,आर्थिक ,औधोगिक विकास हुनु पर्ने धरना राखे । जनताको समयमा नेपाल सरकारबाट उपलब्ध हुने सेवा सुविधा पाउनु पर्ने बातावरण हुनु पर्नेमा जोड़ दिए ।
तपाईको प्रतिक्रिया