नेपालगन्ज, २ असार । जनमत पार्टी बाँकेद्वारा डुडुवा गाउँपालिका १ होलियाको चौफेरी गाउँमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
पीडितलाई हालसम्म कुनै किसिमको ठोस समस्याको समाधान प्रशासन र स्थानीय निकायले समेत नगरेको जनमत पार्टी बाँकेले ठहर गरेको छ ।
पार्टीका निरीक्षण टोलीमा रहेका एक जना नेताले अग्निपीडित परिवारलाई जिल्ला प्रशासन बाँके र स्थानीय गाउँपालिका प्रमुखले रु.३००० र रु.२००० का दरले पीडितहरुलाई राहत स्वरूप उपलब्ध गराएको प्रति पनि पार्टीले यो राहत नभई भिखारी जस्तै व्यवहार भएको जस्तो गरेको एक नेताले बताएका छन् ।
प्रशासन बाँके र स्थानीय सरकार तत्काल गम्भीरतापूर्ण तरिकाले यदि समस्या समाधान गरिएन भने बाध्य भएर स्थानीय सरकारको कार्यालय र बाँके प्रशासन घेराउ गर्ने चेतावनी दिएको छ ।
जनमतका नेता मो.हुशेन शाहले पीडितहरुलाई तत्काल गाँस, बाँस, कपासको ब्यावस्था सरकार ले गर्नुपर्ने माग गरेका छन् ।
यहाँका पीडितहरुको घरमा बालबालिकालाई खुवाउने खाना समेत नभएको जिकिर अर्का नेता जाबिर हल्वाइले बताएका छन् ।
‘हामी समस्याको समाधान चाहन्छौं जुनकि पीडितहरुलाइ तत्काल उपलब्ध गराउनु पर्छ ।’ फेरी आँधी बेहरि आयो भने उहाहरुको बस्ने समेत व्यवस्था नरहेको जानकारी बाँके जनमत विद्यार्थी संघ संयोजक रियाज अंसारीले बताएका छन् ।
केही थान त्रिपाल रेडक्रसले उपलब्ध गराए पनि त्यसले समाधान नहुने नेता मो.हुशेनको भनाइ थियो ।
निरीक्षण टोलीमा बाँके जनमत पार्टीका नेता मोहम्मद हुशेन शाह, रियाज अंसारी, जाबिर हल्वाइ र केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज समेत रहेका जनमत पार्टीका नेता इरफान शेष समेतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया