जबरजस्ती करणी गरेको अभियोगमा खड्का पक्राउ

समाचार

5/11/2019

मोरङ, २८ वैशाख । पथरी शनिश्चरे नगरपालिका ५ हसनदह बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभीयोगमा सोही नगरपालिका ६ बस्ने ४६ वर्षीय देबिन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरी चौकी कुशेचौरीमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ