जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

8/11/2019

रुपन्देही, २५ साउन । शुद्धोधन गाउँपालिका बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुद्धोधन गाउँपालिका-१ सिंगापुर सिकडा खोला बस्ने २० वर्षीय अजय कठरिया थारुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती किशोरीलाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ