रौतहट, २२ कार्तिक । विगत धेरै वर्षदेखि आलोचित हुँदै आएको गौर अस्पताललाई व्यवस्थित गर्ने अभ्यास प्रारम्भ गरिएको छ ।
अस्पताल विकास समितिमा गौर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगरपालिकाको प्रवक्ता शेख जमशैद अध्यक्ष नियुक्त भएपछि अस्पतालको अवस्था सुधार गर्ने तरफमा लागि परेका हुन् ।
सरसफाईको निरंतरता दिइएको छ । विरामीहरुको लागि बस्ने व्यवस्था समयमा कर्मचारीहरुको ड्यूटी लगायतका विषयहरुमा सुधार गर्ने प्रयास गरिएको अध्यक्ष जमशैदले बताएका छन् ।
जिल्ला अस्पताल परिसरमा फूल रोपिएको छ । स्वच्छ बातावरण तथा आकर्षणको लागि अस्पताल परिसरमा विभिन्न किसिमका फूलको वोट रोपिएको हो ।
गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता, समाजवादी पार्टीका केंद्रीय सदस्य रेवंत झा, राजपा नेपालका केंद्रीय सहमहासचिव अनिल कुमार सिंह, अस्पतालका डाक्टर कृष्ण साह लगायतका व्यक्तिहरुले फूल रोपेका छन् ।
तपाईको प्रतिक्रिया