जलेश्वर क्षेत्रका तीन जना स्वच्छता अभियानी सम्मानित

समाचार

11/11/2018

महोत्तरी, २५ कार्तिक । सेभ जलेश्वरमार्फत स्वच्छता महाअभियानलाई निरन्तर अगाडि बढाएको कदर गर्दै सेभ द हिस्टोरिकल जनकपुरधामले जलेश्वर क्षेत्रका अभियानी एवं पत्रकार राकेश प्रसाद चौधरीसहित तीन जनालाई सम्मान गरेको छ ।

जलेश्वरबाट सम्मानित हुनेहरुमा अभियानी तथा पत्रकार चौधरी, सेभ जलेश्वर एवं शिवगंगा आरतीका रमण कुमार चौधरी र राजेश राम छन् ।

प्रदेश २ का प्रदेशसभा सदस्य रामअशिष यादव, प्रा.डा.भोगेन्द्र झा, जलविज्ञ ईन्जिनियर रत्नेश्वर लाल कर्ण, समाजसेवी अनिल चन्द्रसहितका व्यक्तित्वहरुले संयुक्त रुपमा पत्रकार चौधरी लगायतका व्यक्तिहरुलाई गमछा ओढाएर सम्मान पत्र प्रदान गरेका छन् ।

जनकपुरधाममा आयोजित जनकपुरधाम स्वच्छता महाअभियान चुनौती एवं अवसर विषयक गोष्ठि समेत आयोजना गरिएको थियो । सो कार्यक्रममा जनकपुरधाम क्षेत्रको विभिन्न नदी तथा तलाउहरुमा स्वच्छता अभियान चलाउने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

सेभ जलेश्वरले स्वच्छता महाअभियानलाई निरन्तता दिंदै सरसफाई, ब्रम्हचारी कुट्टी पार्क निर्माण तथा शिव गंगा आरतीमा सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ