ट्याक्टर ४० फिट तल खस्दा चालकको मृत्यु

समाचार

5/10/2019

कैलाली, २६ बैशाख । कैलालीमा ट्याक्टर सडकबाट ४० फिट तल खस्दा चालकको मृत्यु भएको छ ।

मोहन्याल गाउँपालिका ६ सोल्टा बजारस्थित सडकमा से.१ त ४५७१ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेको थियो ।

बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय जयलाल नेवारलाई उपचारको लागि भेरी अंचल अस्पताल नेपालगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ