बारा, २४ कार्तिक । निजगढ नगरपालिका–९ भमरापुलस्थित पुर्वपश्चिम राजमार्गमा ट्याक्सी र बोलेरो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार बेलुका ग.२ च २३२५ नम्बरको ट्याक्सी र बा.२ ज २११७ नम्बरको बुलेरो गाडी एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गाडीमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय आकाश माझी र ट्याक्सीमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय बिशाल माझीको प्रशुति गृह अस्पताल निजगढमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने समुन्द्र श्रेष्ठलाई प्रशुति गृह अस्पताल निजगढ हुँदै थप उपचारको लागि भरतपुर पुरानो मेडिकल कलेजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ भने घाइते भएका अन्य २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया