ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

8/25/2019

रुपन्देही, ७ भाद्र । बुटवल उपमहानगरपालिका–४ ट्राफिक चोकस्थित सिद्धार्थ राजमार्गमा लु.२ ख ६८४ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका साईकलयात्री पाल्पा रैनादेवी गाउँपालिका–७ घर भएका २५ वर्षीय पूर्ण बहादुर रास्कोटीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका साईकलमा सवार पाल्पा रैनादेवी गाउँपालिका–७ बस्ने ३६ वर्षीय थम्मनसिंह रास्कोटीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र चालक गुल्मी रुरु गाउँपालिका–१ बस्ने ४२ वर्षीय यम बहादुर सोमईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ