चितवन, १८ साउन । भरतपुर महानगरपालिका–२९ स्थित सडकमा ना.८ ख २२८४ नम्बरको ट्रक र लु.४२ प ६५४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको छ ।
शनिबार बिहान ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी रामग्राम बस्ने २५ वर्षीय मिदेश नेपालको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया