महोत्तरी, १९ असार । डकैतीमा संलग्न रहेको अभियोगमा सर्लाही चन्द्रनगर गाउँपालिका ६ कामद तिलैया बजार बस्ने ४२ वर्षीय देव नारायण कापडलाई कटुवा पेस्तोल १ थान र यसको गोली १ राउण्डसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अपरिचति ६/७ जना हतियारधारी समूहले बर्दिबास नगरपालिका ७ प्रेमनगर बस्ने ३६ वर्षीय निखुल महतोको घरबाट नगद १ लाख ३७ हजार रुपैयाँ, ल्यापटप १ थान, मोबाईल ४ थान, सुन २.५ तोला तथा सोही स्थान बस्ने ५५ वर्षीय चन्देश्वर महतोको घरबाट नगद २ लाख ५० हजार रुपैयाँ, सुन १० तोला, चाँदी १.५ केजी डकैती गरी फरार भएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय बर्दिबास र प्रहरी चौकी किशाननगरबाट संयुक्त रुपमा खटिएको प्रहरीले अभियुक्तको खोजी गर्ने क्रममा डकैती गर्ने मध्येका कापडलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
डकैतीमा संलग्न फरार अन्य अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया