बाढी पीडितलाई डुङ्गा वितरण

समाचार

8/1/2019

राजविराज, १६ साउन । प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थानमा डुङ्गा उपलब्ध गराएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला आवागमनमा समस्या रहेकाले स्थानीयवासीको आग्रहमा मन्त्री साहले डुङ्गा उपलब्ध गराएका हुन । 

मन्त्री साहले बाढी प्रभावित क्षेत्रमा पुगेर तिलाठी कोइलाडी गाउँपालिका वडा नं ४ बनरझुला र टिकुलियामा एक÷एक र वडा नं ५ चट्टीटोलमा एउटा डुङ्गा स्थानीय बासिन्दालाई हस्तान्तरण गरे ।

वर्षा र बाढीका कारण सप्तरी जिल्लाको अति बिकट मानिएको तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका बस्ती प्रत्येक वर्ष सामान्य वर्षा भएका बेलामा पनि डुबानमा पर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ