डुबेर मृत्यु भएका परिवारलाई राहत प्रदान

समाचार

9/24/2018

वीरगंज, ८ असोज । पर्साको बहुदरमाई नगरपालिका वार्ड नं.९ विश्रामपुरको नदीमा डुबेर मृत्यु भएका परिवारलाई आइतबार राहतस्वरुप ५० हजारका दरले रकम वितरण गरिएको छ ।

संघिय सामाजवादी फोरम नेपालका नेता पर्सा क्षेत्र नं.३ “ख”का प्रदेशसभा सदस्य प्रहलाद गिरीले एक कार्यक्रमका बीच मृतक परिवारका सदस्य मनोज राउत कुर्मीलाई ५० हजार र खोभारी रौनियारलाई १ लाख रकम राहत स्वरुप वितरण गरेका हुन् ।

मृतक परिवारलाई जनही ५० हजारका दरले राहत दिने प्रदेश नं.२ का सरकारको निर्णय अनुसार आइतबार प्रदेशसभा सदस्य गिरीले उनीहरुको घरमै पुगेर राहत रकम वितरण गरिएकोे गिरीका स्वकीय सचिव सुजित गिरीले बताए ।

राहत वितरण कार्यक्रममा फोरम नेपालका नेता पन्नालाल साह, सामाजवादी युथ फोर्सका पर्सा अध्यक्ष अनुज गुप्तालगायतको उपस्थिति रहेको थियो ।

यहि भदौ १५ गते ऋषि पंचमीका दिन पर्साको बहुदरमाई नगरपालिकाको ढोंगही खोलामा नुहाउने क्रममा खोलामा आएको बाढीले बगाउँदा खोभारी रौनियारको १४ वर्षीया छोरी पिंकी कुमारी र १२ वर्षीया मान्सी कुमारी तथा मनोज पटेलको छोरी १४ वर्षीया मुन्नीकुमारीको मुत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ