डा. सन्दुकलाई ओलीको बधाई तथा शुभकामना

समाचार

7/22/2019

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपीशर्मा ओलीले डा.सन्दुक रुइतलाई बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । तिलगंगाआँखा प्रतिष्ठानको २५औ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीओलीले डा. सन्दुकको अनुकरणीय कार्यप्रति बधाई र संस्थालाई उत्तरोत्तर प्रगतिका शुभकामना दिएका छन् ।
विद्वानपूर्खाहरुको देश नेपालमा सन्दुकले स्थापनाको २५ वर्षमा नै धेरै उपलब्धी गरेको र आँखाउपचारको क्षेत्रमा विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन सफल चमत्कारिक काम गरी डा.रुइतले गौरवपूर्ण इतिहास तथा परम्परालाई सम्झाएको समेत बताएका छन् ।
ओलीले तिलगंगाआँखाअस्पतालको प्रेरणाबाट धेरै ले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने धारणा समेत व्यक्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ