तेजाब प्रहारबाट घाइते सम्झनाको मृत्यु

समाचार

9/24/2018

काठमाडौं, ८ असोज । तेजाब प्रहारबाट घाइते भएकी रौतहटकी सम्झना दासको मृत्यु भएको छ ।

आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

गत भाद्र २६ गते राति सुतिरहेको बेला चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि एसिड प्रहार भएको थियो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।

उनकी बहिनी सुस्मिताको अवस्था भने खतरा मुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ