तीन देशमा बौद्ध धार्मिक पर्यटन प्रवद्र्धन

समाचार

7/8/2019

काठमाडौं, २२ असार । नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वारको रूपमा स्थापित गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाएको छ ।

उदीयमान पर्यटन बजारको रूपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाइल्याण्डमा बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपालसँगको सहकार्यमा नेपाल गन्तव्य प्रवद्र्धन गरेको हो ।

बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वार र एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘नेपाल सेल्स मिसन २०१९’ कार्यक्रम क्रमशः जुन १०, १२ र १४ तारिखका दिन सम्पन्न गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ