रौतहट, २९ पुस । गौर नगरपालिकाको आइतबार तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा कार्यान्वयन हुने विकास योजनाको विषयमा छलफल गर्दै तेस्रो नगर अधिवेशन सम्म्पन्न भएको हो ।
नगरप्रमुख अजय कुमार गुप्ताको अध्यक्षतामा भएको अधिवेशनमा सहभागी भएका नगरकार्यपलिका सभाका सदस्यहरुले आआफ्नो धारणा सुझाव राखेका थिए ।
बजेट पारदर्शी रुपमा जनताको चाहना अनुरूप कार्यान्वयन गर्नु पर्ने मेयर गुप्ताले वड़ा अध्यक्षहरुलाई सुझावसहित निर्देशन दिएका छन् ।
जनतामुखी, सहभागितामूलक, समावेशिता, पारदर्शिताको सिद्धान्त अपनाएर बजेट कार्यान्वयन गर्नु पर्ने मेयर गुप्ताले सहभागी जनप्रतिनिधिहरुलाई ध्यानाकृष्ट गराएको गौर नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत सुमन कार्कीले जनाएका छन् ।
अधिवेशनमा दीर्घकालीन योजना, स्तरीय भौतिक पूर्वाधार, सामाजिक विकास, जनचेतनामूलक कार्यक्रम, शिक्षा र स्वास्थ्यको सुधारमा ध्यान दिनु पर्ने आधारभूत आवश्यकता रहेको छलफल भएको बुझिएको छ ।
गौर नगरपालिकाले समयमै तेस्रो नगर अधिवेशन सम्पन्न गरे पनि रौतहटका पाँच स्थानीय तहले अहिलेसम्म नगर सभा गर्न सकेका छैन ।
तपाईको प्रतिक्रिया