दाइजो प्रथाविरुद्ध अन्तरक्रिया

समाचार

12/30/2018

वीरगन्ज, १४ पुस । ईस्लामी संघ नेपाल पर्साद्धारा मुस्ताफा अन्सारीको अध्यक्षतामा वीरगंजको होटल मकालुमा दाइजो प्रथा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न समुदायमा भइरहेको दाईजो प्रथालाई अन्त गर्नका लागी ईस्लामी संघ नेपालले मुलुकभरी अन्तरक्रीयाको आयोजना गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न समुदायका धर्मगुरु मौलाना, पण्डित र प्रहरी प्रशासनहरुलाई कार्यक्रममा सहभागी गराई दाईजो प्रथालाई अन्त गर्नका लागि धर्मगुरुहरु प्रहरी प्रशसनसँग आग्रह गरेका छन् ।

यदि धर्मगुरुहरु र प्रहरी प्रशासन यस समस्यामा ईमान्दारी पूर्वक पहल गरि दिएमा नेपालबाट सतः प्रतिशत दाईजो लिने र दिने प्रथाको अन्त हुने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ