कैलाली, ३२ जेठ । कैलाली जिल्लाको जानकी गाँउपालिका १ दुर्गौली ईलाकाबाट एपीएफ टोलीले करीब २ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान र हार्डवेयरका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस प्रतापपुरबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको हो ।
तपाईको प्रतिक्रिया