दुर्घटनामा उपप्रमुखको छोराको मृत्यु

समाचार

9/22/2018

रौतहट, ५ असोज । रौतहट जिल्लाको गौर चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गौर नगरपालिका वडा नम्बर ६ सवगढा नजिक शुक्रवार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सडकमा रहेको भैसीले ठक्कर दिँदा दुर्घटना भएको हो ।

गौरतर्फ आउँदै गरेको बीआर ३० एम ४५९६ नम्बरको मोटरसाइकल दुर्घटनामा यमुनामाई गाउँपालिका वडा नम्बर ५ निवासी गणेश साहको छोरा १९ वर्षीय छोरा राजन साह भन्ने गौरव दिवाकरको मृत्यु भएको छ ।

दुर्घटनामा परी एक जना घाइते समेत भएको छ । गम्भीर रुपमा घाइते भएको दिवाकरलाइ उपचारको लागि जिल्ला अस्पताल गौरमा ल्याउदा मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले बताएको छ ।

घटनामा घाइते भएको गौर नगरपालिका वड़ा नम्बर ५ निवासी समीर केसरीलाइ थप उपचारको लागि वीरगंज पठाइएको प्रहरीले जनाएको छ । मृतक दिवाकर यमुनामाई गाउँपालिकाका उपप्रमुख गीता देवी साहको छोरा हुन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ