दलित महिलालाई ब्युटिसियन तालिम

समाचार

9/13/2019

सिरहा, २७ भाद्र । सिरहा जिल्लाको दक्षिणवर्ती सखुवानन्कारकट्टी गाउँपालिकामा दलित महिलाहरुका लागि तीनमहिने ब्युटिसियन तालिम सुरु भएको छ ।

साझा परियोजनाअन्तर्गत संचालित तालिममा सोही गाउँपालिकाकी १० जना दलित महिलाको सहभागिता छ ।

जातिय भेदभावविरुद्ध कार्य गरिरहेको साझा आवाज परियोजनाले दलित समदायको आर्थिक सशक्तिकरणका लागि सोही समुदायबाट माग भए बमोजिम नै तालिम संचालन गराइएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिल्ला कार्यक्रम संयोजक जयराम विश्वकर्माले बताए ।

खुवानन्कारकट्टी गाउँपालिका ५ महेशवारीस्थित हँलमा संचालित तालिममा सोनमकुमारी पासवान, बसन्ती मोची, प्रभाकुमारी महरा, बबिताकुमारी दास, सुरेखा रामलगायतको सहभागिता छ ।

तीन महिनासम्म स्थानीय अर्चना यादवले प्रशिक्षण दिने विश्वकर्माले बताए ।

तालिमको उद्घाटनमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सिरहा अध्यक्ष मोहन पासवान तथा खुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ