काठमाडौं, १४ साउन । भारतको नयाँ दिल्लीमा नेपाल र भारतबीच सप्तकोशी उच्च बाँधको ज्वाइन्ट टिम अफ एक्सपर्ट्स (जेटीई)को बैठक सम्पन्न भएको छ ।
बैठकमा कोशीको बाढी नियन्त्रणको दिर्घकालीन समाधानको लागि उच्चबाँध सहित सुनकोशी-मरिण उहुउद्देश्यीय आयोजनाको प्राविधिक पक्षका जटिलता हल गर्ने विषयमा छलफल भएको छ ।
विद्युुत विकास विभागमा महानिर्देशक मधुप्रसाद भेटवाल नेतृत्वको टोलीले भारतको केन्द्रीय जल आयोगको टोलीसँग जेटीईको १६ औं बैठक गरेको हो ।
ऊर्जा मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जेटीईको नियमित बैठक हाल भारतमा सम्पन्न भएको जानकारी दिए ।
उनले बैठकमा भएका सहमतिबारे विस्तृत जानकारी आईनसकेको भन्दै यो टिमले विशद्ध प्राविधिक विषयमा मात्रै छलफल गर्ने अधिकार राख्ने बताए ।
तपाईको प्रतिक्रिया