कपिलवस्तु, १४ कार्तिक । हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले कृष्णनगर घटनाका दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।
साथै प्रहरीको गोली लागी मृत्यु भएका सूरज कुमार पाण्डे माथि गहिरो सम्बेदना व्यक्त गर्र्दै उनको सहादत खेर नजाने बताए ।
कपिलवस्तु जिल्लाका संचारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष पटेलले भने हरेक समयमा हिन्दूहरूको पर्वका बेला स्थानीय मुस्लिम अगुवाहरू र राजनीतिक संरक्षणमा हिन्दू माथि अन्याय र अत्याचारको घटना नौलो होइन, बारम्बार हिन्दूका आस्थासँग खेलवाड हुने गरेको सरोकरवालाहरूलाई जानकारी हुँदा समेत मूकदर्शक हुनु आफैमा चिन्ताको विषय बनेको छ ।
पटेलले भने परिषदका सम्पूर्ण साथीहरू सक्रियताका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत निर्देशन दिएका छन् । कृष्णनगर घटनामा प्रशासनको भूमिका नै शंकास्पद रहेको छ ।
यो घटनालाई गम्भीरताका साथ लिन कपिलवस्तु जिल्लाका सिडियो र एसपीलाई मेरो अनुरोध गरेका छन् । साथै केन्द्र सरकारका गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्बेन्द्र खनाललाई समेत कपिलवस्तु जिल्लाको घटना प्रति गम्भीर हुन आग्रह एवम् अनुरोध गरेका छन् ।
अन्यथा सम्पूर्ण घटनाको जिम्मेवारी सम्बन्धित निकायले लिनु पर्ने पटेलले बताए ।
तपाईको प्रतिक्रिया