धनुषा निर्माण व्यवसायी संघमा चौधरी विजयी

समाचार

1/13/2019

जनकपुरधाम, २९ पुस । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा अशोककुमार चौधरी विजयी भएका छन् ।

सङ्घको निर्वाचन समितिका अनुसार चौधरी २०२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी विवेकानन्द मिश्रले १८६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा रामदुलार साह, महासचिवमा रमेशकुमार यादव, सचिवमा जयप्रकाश साह र कोषाध्यक्षमा रुपेशकुमार सिंह निर्वाचित भएका छन् ।

सदस्यअन्तर्गत ‘घ’ श्रेणीका सदस्यमा विजयकुमार झा, सन्तोषकुमार मुखिया र नवनीतकुमार झा निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ