नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

समाचार

12/30/2018

कपिलवस्तु, १४ पुस । कपिलवस्तुको विजयनगर गाउँपालिकाको प्रेमनगरमा रहेको श्री हरिबोध प्राथमिक बिद्यालयमा ईलाका प्रहरी कार्यलय गणेशपुरको अयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता जेष्ठ नागरिक हिम बहादूर काउचा मगरले गरेका थिए ।

विजयनगर गाउँपालिकाको उपप्रमुख लक्ष्मी कुमारी चौधरी, विजयनगर गाउपालिका वडा नं.१ अध्यक्ष इन्द्र थारु वड नं.२ का अध्यक्ष नेपाल थारु वडा नं.४का अध्यक्ष तिलक कडेल वडा नं.७का अध्यक्ष दिनेश कुमार चौधरी,ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रहरी निरीक्षक सूर्य बोग्टी,बालजी चौधरी, नयाँ शक्ति पार्टीका जिल्ला सचिवालय सदस्य राम नरेशपुरी प्रहलाद पाण्डेय लगायत स्थानिय समाज सेवी शिक्षा प्रेमी न्यायप्रेमी भद्रभलादमी पत्रकारहरुको उपस्थिती थियो ।

कार्यक्रमको संचालन गर्दै ईलाका प्रहरी कार्यलय गणेशपुर प्रहरी निरीक्षक नविन पौडेलले नेपाल प्रहरीको संस्थागत प्राथमिकता मध्येको एक प्रमुख कार्यक्रम नागरिक सुनवाई कार्यक्रम हो ।

प्रहरी सेवामा आम नागरिकको पहुच सुनिश्चित गराउन,प्रहरी सेवा आम जनमानसमा पारदर्शी ,प्रहरी सेव मा जनसहभागिता गराउने लगायत उद्देश्य राखि विक्रम संम्वत २०७० सालदेखि नागरिक सुनवाई कार्यक्रम संचालन गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ