कपिलवस्तु, २२ भाद्र । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहलाई मातृशोक परेको छ । किरण सिंहकी आमा गुन्जेश्वरी सिंहको शुक्रबार दिउँसो ३ बजेको समयमा कपिलवस्तु नगरपालिका ३ स्थित घरमै निधन भएको हो ।
लामो समयदेखि प्यारालाइसिस रोगबाट ग्रसित गुन्जेश्वरी सिंहको सोही कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उक्त निधन प्रति दुःख जनाउँदै विभिन्न कार्यालय पार्टी तथा संघ संस्थाहरुले शोक विज्ञप्ती जारी गरेका छन् ।
निधन प्रति दुःख जनाउदै नेपाली कागें्रस कपिलवस्तुले शोक विज्ञप्ती जारी गरेको छ । पार्टी सभापति सुरेन्द्रराज आर्चाय द्धारा जारी शोक विज्ञप्तीमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तब्ध परिवारजन प्रति धैर्य धारण गर्ने शत्ति प्रदान होस भन्ने उल्लेख गरिएको छ ।
यसै विच नेपाली कागे्रंस क्षेत्र नं ३ मा सभापति एवं यशोधरा गाउंपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेले समेत शोक विज्ञप्ती जारी गरेका छन् । गुन्जेश्वरी सिंहलाई साझ ७ बजे वाणगगां नदिको रामघाटमा अन्तेष्टी गरिने पारिवारीक स्रातले जनाएको छ ।
तपाईको प्रतिक्रिया