नेपालमा बैंक ह्याकरको गिरोह सक्रिय, पाँच चिनियाँ नागरिक पक्राउ

समाचार

9/1/2019

काठमाडौं, १५ भाद्र । नेपालका बैंकिङ्ग सिस्टम नै ह्याकर गिरोहले ह्याक गरिसकेको छ । चिनियाँ ह्याकर गिरोह नेपालमा सक्रिय रहेको रहस्य खुल्न आएको छ ।

शनिबार मध्यरातमा एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने चिनियाँ गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको दरबारमार्ग प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।

अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिएपछि राष्ट्र बैंकले बैङ्कर्सहरुलाई आकस्मिक बैठकमा बोलाएको छ ।

राष्ट्र बैंकका अनुसार नक्कली एटीएम कार्डबाट पैसा निकालेको थाहा पाएपछि सो बारे बुझ्न बैठक डाकेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ