कपिलवस्तु, २८ असोज । मायादेवी गाउँपालिका, पकडी, कपिलवस्तुको आयोजनामा विजया दशमीको अवसरमा नेपाल भारत सीमा क्षेत्र चाकरचौडामा बृहत सरसफाई अभियान संचालन गरिएको छ ।
सो अभियानको प्रदेश नं ५ का साँसद सहसराम यादव र मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले संयुक्त रुपमा शुभारम्भ गरेका थिए ।
सो अवसरमा जनप्रतिनिधि, सुरक्षाकर्मी, टोल सुधार समिति, बजार समिति र आम व्यवसायीहरुको सहभागितामा नेपाल भारत सीमा गेटदेखि बसपार्कसम्म सरसफाइ गरिएको थियो ।
सीमा क्षेत्रका कारण दोहोरो आवत जावतले गर्दा निकै व्यस्त रहने सो बजारमा घर तथा पसलबाट निस्कने फोहोर तथा प्लाष्टिकजन्य बस्तु जथाभाही फाल्नाले प्रदुषण फैलने गरेको छ । त्यस कारण सो फोहोर सही किसिमबाट व्यवस्थापन गर्नका लागी यो अभियान संचालन गरिएको हो ।
सो अवसरमा चाकरचौडा बजारमा फोहोर व्यवस्थापनका लागी ३० वटा बाल्टिन बितरण गरिएको थियो । सो कार्यक्रममा प्रदेश नं ५ का साँसद सहषराम यादव , मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी,वडा अध्यक्ष फतेह मोहम्मद मुसलमान, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय चाकरचौडाका प्रमुख चन्द्र बहादुर शाही, नेपाली कांग्रेस जिल्ला सदस्य परमेश्वर पाठक, खानेपानी सरसफाई संयाजक थानेश्वर अधिकारी, टोल सुधार समितिका अध्यक्ष अस्फाक अहमद मुसलमान कपिलबस्तु संस्थागत विकास समितिका प्रतिनिधि शान्ता पौडेल लगायतको सहभागिता रहेको थियो ।
मायादेवी गाउँपालिका अन्र्तगत रहेको खानेपानी सरसफाई तथा स्वच्छता शाखाको अगुवाइ र मायादेवी गाउँपालिका वार्ड नं ४ पिपरा वडा कार्यालय, टोल सुधार समिति, कपिलवस्तु संस्थागत विका समिति कपिलवस्तुको समन्वयमा सम्पन्न सो कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको वास सहजकर्ता श्याम कुमार बिश्वकर्माले जानकारी दिएका छन् ।
पकडीमा सरसफाई अभियानमा तीव्रता
मायादेवी गाउँपालिका, पकडी, कपिलवस्तुलाई यही मंसिर मसान्त भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने उद्देश्य अनुरुपमा मायादेवी गाउँपालिका वार्ड १ पकडीका सबै गाउँ टोलहरुमा सरसफाई अभियानमा तिब्रता ल्याइएको छ । सो अन्र्तगत आज बरही र इमिलियामा घरदैलो तथा अनुगमन गरिएको छ ।
करिब १२०० घरधुरी रहेको सो वडाका ८० प्रतिशत घरधुरीमा शौचालय निर्माण भैसकेका छन् र बाँकी रहेका घरधुरीमा पनि यथासिध्र शौचालय निर्माण गरी तोकिएकै समयमा सो वडा सहित सम्पुर्ण गाउँपालिकालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेको छ ।
वडा अध्यक्ष हरिगोविन्द चौधरीको अगुवाइ रहेको सो अभियानमा प्रदेश नं ५ का साँसद सहषराम यादव र मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी, खानेपानी तथा सरसफाई संयोजक थानेश्वर अधिकारी,वडा सचिव शिवगुलाम कलवार,वडास्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य लगायत आम बुद्धिजिवी समाजसेवीहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा सेमरामा खुला दिसा रोकथाम गर्नका लागी नजुरउद्दिन मुसलमानको संयोजकत्वमा १५ सदस्सिय सरसफाइ दस्ता गठन गरिएको छ । ४ दिन सम्म संचालन गरिने सो अभियान भोली पिचुर्खी,पकडी र बर्रोहिया गरिने वडा सदस्य सहाबुद्दिन मुसलमानले जानकारी दिए ।
तपाईको प्रतिक्रिया